सर्लाहीमा दिदीबहिनी एकैठाउँ झुन्डिएको अवस्थामा मृत भेटिए

काठमाडौं। सर्लाहीको गोडैता नगरपालिका–५, रामवनस्थित आँपको रुखमा दुई किशोरी झुन्डिएको अवस्थामा मृत फेला परेकी छन्।

मृत्यु हुनेमा रामनगर–६, सिसौटका विनोद दासकी करिब १५ वर्षीया छोरी सङिता कुमारी र उनका दाजु इन्द्रजित दासकी करिब १७ वर्षीया छोरी नगिना कुमारी दास रहेका छन्।

दुवै किशोरी आँपको रुखमा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता तथा डिएसपी सरोज राईले जानकारी दिए ।

उनीहरुको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।