जनता मारेर कानुन बचाउने चलनको अन्त्य गरौँ: हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सांसद हर्क साम्पाङले जनता मारेर कानुन बचाउने चलनको अन्त्य गर्न आग्रह गरेका छन् ।

मानव केन्द्रित विकास गर्नुपर्ने बताउँदै उनले सामाजिक सञ्जालमार्फत यस्तो आग्रह गरेका हुन्। साथै उनले कानुनका लागि कानुन नभइ मान्छेका लागि कानुन हुनुपर्ने भनाइ राखेका छन्।

‘जनता मारेर कानुन बचाउने चलनको अन्त्य गरौं ! कानुनको लागि कानुन होइन ! मान्छेको लागि होस् कानुन! उनले लेखेका छन्,मानव केन्द्रित विकास गरौँ! जय माटो ! जय देश !