राजस्व चुहावट नियन्त्रण गर्न आज उच्चस्तरीय छलफल गर्दै अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले राजश्व चुहावट नियन्त्रणमा प्रभावकारी कदम चाल्न उच्चस्तरीय छलफल गर्ने भएका छन् । त्यसका लागि आज बिहान ११ बजे अर्थ मन्त्रालयमा छलफल बोलाइएको हो ।

मन्त्रालयका सहसचिव एवम् प्रवक्ता टंक प्रसाद पाण्डेयले बिहान ११ बजे एक घण्टाका लागि बैठक बोलाइएको जानकारी दिए। अर्थमन्त्री वाग्लेको अध्यक्षतामा बस्ने बैठकमा गृहमन्त्री सुधन गुरुङ, प्रधानमन्त्री कार्यालय, अर्थ, गृह, राजश्व प्रशासनका सचिव,नेपाल प्रहरी,सशस्त्र प्रहरीका प्रमुख सहभागी हुनेछन्।

यस्तै, राजश्व प्रशासनसँग सम्बन्धित अर्थ मन्त्रालयका महाशाखा तथा विभागका प्रमुखहरू पनि बैठकमा सहभागी हुने भएका छन् । राजश्व छली र चोरी पैठारी नियन्त्रण तथा कानून कार्यन्वयनका विषयमा अर्थमन्त्री वाग्लेले बैठकमा महत्वपूर्ण निर्देशन दिने भएका छन् ।