धनुषामा सई राणामाथि तस्करीदेखि मुद्दा मिलाउनेसम्मका गम्भीर आरोप,प्रहरी किन मौन ?
काठमाडौं। जिल्ला प्रहरी कार्यालय धनुषामातहत प्रहरी चौकी जानकीमा कार्यरत देखाइएका बरिष्ठ सई सागर राणामाथि तस्करी, हुन्डी कारोबार, मुद्दा मिलाउने नाममा आर्थिक चलखेल, राजनीतिक संरक्षण र सञ्चारमाध्यमलाई धम्की दिएको जस्ता गम्भीर आरोपहरू सार्वजनिक भएपछि प्रहरी संगठनभित्रै हलचल मच्चिएको छ।
स्रोतहरूका अनुसार प्रहरी चौकी जानकीमा दरबन्दी भए पनि सागर राणा जिल्लाभर ‘घुमुवा’ को भूमिकामा सक्रिय रहँदै तस्करहरूसँग सेटिङ मिलाउने, मुद्दा मिलाउने र आर्थिक चलखेल गर्ने कार्यमा संलग्न रहेको आरोप छ। उनलाई जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी रुगम कुँवरले संरक्षण दिएको समेत आरोप लगाइएको छ। प्रहरी संगठनभित्रैबाट समेत यस विषयमा निष्पक्ष छानबिन हुनुपर्ने आवाज उठ्न थालेको बताइन्छ।
जेनजी आन्दोलनपछि बनेको करिब दुईतिहाईको बालेन सरकारको सुशासनको नारालाई समेत धोती लगाउँदै मधेश प्रदेशको धनुषामा सई राणाको रजगज चल्दै आइरहेको आरोप छ। मकवानपुरबाट ‘मालदार’ ठाउँ खोज्दै धनुषा आएका उदण्ड स्वभावका सागर राणाले केही दिनमै आफ्नै गाउँका वडाध्यक्षलाई गाली–बेइज्जत तथा कुटपिट गरेको आरोप लागेपछि विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशित–प्रसारित भएको थियो।उक्त घटनापछि उनीविरुद्ध मुद्दा समेत दर्ता भएको जनाइएको छ ।
मधेसका केही राजनीति दलका नेताहरूका आडमा मधेस प्रदेशका नाकाहरुलाई आर्थिक लाभको गोरेटो बनाउँदै आएका राणाको कालाकर्तुतहरु छरपस्ट हुँदै आएका छन।सोर्तका अनुसार मधेस प्रदेशका रास्वपाका नेता सुशील साह ” कानु” र सई राणा विजनेस पार्टनर समेत हुन ।सोर्तका अनुसार सुशील साह ” कानु” र सई राणा मिलि मधेस प्रदेशको पर्सामा दियालो लर्डस नामको क्यासिनोमा लगानी गर्नुका साथै टेबुल बुक गरि जुवा समेत खेलाउँदै आईरहेको बताइन् ।
मधेस प्रदेश सोर्तका अनुसार पैसा र पावरको लागि जस्तोसुकै कर्मगर्न पछि नपर्ने सई राणा र नेता सुशील साह “कानु” केही समय पहिले ज्यानमार्ने उध्योगमा फरार रहेका थिए ।
ज्यानमार्ने उध्योगमा फरार रहेका सई राणाले पर्साको कमाण्ड सम्हाल्न गएका मिश्रा थरको एसपी सँग गठजोड गर्दै पुनस् जागिरमा जोडिएको बताइन्छ ।यसैगरी केही महिना अगाडि पर्सा जिल्लामा सशस्त्र प्रहरीले तस्करीको सामान छापा मार्ने क्रममा झडप समेत भएको थियो ।सो झडप पछि उत्पन्न परिस्थिति र तस्करी गर्नेलाई सँरक्षण गर्नेमा यी सई राणा र नेता “कानु” रहेको सोर्तको दावी छ।
केही राजनीतिक दलका नेताहरूको संरक्षणमा सीमावर्ती नाकाहरूलाई आर्थिक आम्दानीको माध्यम बनाइएको आरोप पनि राणामाथि लागेको छ। स्रोतहरूका अनुसार रास्वपा निकट नेता कानुसँग उनको व्यावसायिक साझेदारी समेत रहेको र उनीहरूले पर्सामा रहेको दियालो लर्ड्स नामक क्यासिनोमा लगानी गरेको तथा टेबल बुक गरेर जुवा खेलाउने काम समेत गर्दै आएको आरोप छ।
यसैबीच, केही समयअघि पर्सा जिल्लामा सशस्त्र प्रहरीले तस्करीको सामान नियन्त्रणमा लिने क्रममा भएको झडपपछि तस्करलाई संरक्षण गर्ने समूहमा सई राणा र नेता ‘कानु’ रहेको दाबी पनि स्रोतहरूले गरेका छन्। यस्तै, ज्यानमार्ने उद्योगको मुद्दामा फरार रहेका राणाले पर्सामा कार्यरत एक एसपीसँग मिलेमतो गरेर पुनः सेवामा फर्किएको आरोप समेत सार्वजनिक भएको छ।
धनुषामा केही महिना अघि भएको एक सवारी दुर्घटनामा एक महिलाको ज्यान गएको घटनामा समेत आर्थिक चलखेल गरेर मुद्दा मिलाइएको आरोप छ। लाइसेन्स बिना सवारी चलाएका चालकलाई बचाउन लाइसेन्स भएका अर्को व्यक्तिलाई चालक बनाएर मुद्दा मिलाइएको र त्यसका लागि ठूलो रकम लेनदेन भएको दाबी गरिएको छ। उक्त प्रकरणबारे मधेस प्रदेश प्रहरी कार्यालयमा छानबिन भइरहेको बताइएको छ।
यतिमात्र होइन, सागर राणाले सामाजिक अपराध, लागुऔषध कारोबार लगायतका मुद्दा मिलाइदिने नाममा समेत ठूलो आर्थिक चलखेल गर्ने गरेको आरोप स्रोतहरूले लगाएका छन्। प्रहरी चौकी जानकीमा ड्युटी भए पनि उनी प्रायः एसपी कुँवरसँगै रहने, तस्करहरूसँग समन्वय गर्ने र ‘लाइन’ मिलाउने काममा सक्रिय रहेको आरोप छ।
प्रहरी संगठनको आचारसंहिता विपरीत सामाजिक सञ्जालमा ‘सागर सरकार’ नाम राखेर चुरोट सेवन गरेको फोटो सार्वजनिक गर्नुले समेत उनको आचरणमाथि प्रश्न उठेको प्रहरी अधिकारीहरू बताउँछन्।
यसैबीच, आफ्नो गतिविधिबारे समाचार लेख्ने सञ्चारकर्मीहरूलाई फोन र म्यासेजमार्फत धम्की दिएको आरोप समेत राणामाथि लागेको छ। केही पत्रकारलाई फोन गरेर “धेरै मिडिया मैले पालेको छु” भन्दै धम्की दिएको तथा “जहाँ लेख्नु छ लेख, म जागिर खान्न तर तिमीलाई छाड्दिन” भन्ने सन्देश पठाएको बताइएको छ।
यस विषयमा प्रहरी मुख्यालय उजुरी शाखाका प्रमुख एसएसपी प्रज्वल महर्जनसँग जिज्ञासा राख्दा आवश्यक कारबाही प्रक्रिया अघि बढाइने बताएका छन्।
यस सम्पूर्ण प्रकरणबारे जिल्ला प्रहरी कार्यालय धनुषाले औपचारिक प्रतिक्रिया नदिए पनि प्रहरी संगठनभित्रैबाट सागर राणामाथि लागेको आरोपबारे निष्पक्ष छानबिन, संरक्षण आरोपमा मुछिएका अधिकारीमाथि समेत अनुसन्धान र दोषी देखिए कडा कारबाही गर्नुपर्ने माग बढ्दै गएको छ।
