काठमाडौं। नेपाली बजारमा आज सुनको भाउ घटेको छ। हिजो तोलामा ७४ सय रुपैयाँ बढेको सुनको मूल्य आज तोलामा ३६ सय रुपैयाँ घटेर दुई लाख ९४ हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
हिजो सुनको मूल्य प्रतितोला ७ हजार ४ सय रुपैयाँ बढेर दुई लाख ९७ हजार ६ सय रुपैयाँ पुगेको थियो।