परराष्ट्रभन्दा पहिले नै अर्थमा पुगे भारतीय राजदूत
काठमाडौं। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव नयाँ सरकारका मन्त्रीसँग औपचारिक भेटवार्ता गर्ने पहिलो कूटनीतिज्ञ बनेका छन्।
सामान्यतयाः नयाँ सरकारका परराष्ट्रमन्त्रीसँग भेट गरेपछि प्रधानमन्त्री र अन्य मन्त्रीलाई बधाई दिँदै शिष्टाचार भेटवार्ता गर्ने मान्यतालाई भारतीय राजदूतले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई भेटेर क्रमभंग गरेको बताइन्छ।
भेटका लागि राजदूत अर्थ मन्त्रालयमा बिहान ११ बजे पुगेका थिए। नयाँ सरकार बनेलगत्तै परराष्ट्रमन्त्री शिशिर खनालले मन्त्रिमण्डलका सबै सदस्यलाई विदेशी कूटनीतिज्ञले पहिले आफूलाई भेटेपछि मात्रै अरुलाई भेट्ने जानकारी दिएको स्रोतको दावी छ। तर, मन्त्री खनालले शुक्रबार त्यसो भनेको छ दिनमै भारतीय राजदूत पहिले अर्थमन्त्रालय पुगेको देखियो।
