अझै भन्छु एमसीसी खारेज गर्नै पर्छ: हर्क साम्पाङ
काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले एमसीसी खारेज हुनुपर्ने कुरा दोहोर्याएका छन्।
उनले आफूहरू जिम्मेवार देशभक्त प्रतिपक्ष रहेको बताउँदै उक्त कुरा दोहोर्याएका हुन्। उनले उपसभामुख पार्टीको पद नभइ राज्यको भएको जिकिर गरे। साम्पाङले उक्त पदमा आफ्नो पार्टीको कुनै स्वार्थ नभएको भनाइ राखे।
हामी जिम्मेवार देशभक्त प्रतिपक्ष हौँ! उपसभामुख राज्यको पद हो पार्टीको होइन! हाम्रो कुनै स्वार्थ छैन! उनले सामाजिक सञ्जालमा लेखे।
यस्तै, साम्पाङले आफूले उठाएका स्वाधीनता र राष्ट्रभक्तिका मुद्दा अटल रहने भन्दै एमसीसी खारेज गर्नुपर्ने कुरामा आफू पछाडि नहट्नेमा शंका नगर्न आग्रह समेत गरे। उनले भने,हाम्रा स्वाधीनता र राष्ट्रभक्तिका मुद्दा अटल छन्! अझै भन्छु एमसीसी खारेज गर्नै पर्छ! शंका नगर्नु नेपाली रगतलाई!
