आज सबै समानुपातिक सांसदसँग छलफल गर्दै प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज सबै पार्टीका तर्फबाट संसद्मा प्रतिनिधित्व गर्ने समानुपातिक सांसदहरूसँग छलफ गर्ने भएका छन्।
छलफल कार्यक्रम मध्याह्न १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजना हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। कार्यक्रममा सांसदहरूले आआफ्ना ‘क्लस्टर’ का समस्या, चुनौती तथा समाधानका उपायबारे धारणा प्रस्तुत छन्।
अन्तरक्रियामार्फत जनप्रतिनिधि र कार्यपालिकाबीच प्रत्यक्ष संवाद स्थापित गरी नीति निर्माण तथा कार्यान्वयनलाई थप प्रभावकारी बनाउने उद्देश्य राखिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
