सभामुख अर्यालको गाडीले गर्यो ट्राफिक नियम उल्लघंन,काटियो चिट

काठमाडौं । सभामुख डीपी अर्यालको गाडीलाई ट्राफिक प्रहरीले चिट काटेको छ। बुधबार थापाथलीस्थित सडकमा ट्राफिक नियम उल्लघंन गरेको सभामुखको गाडीलाई ट्राफिक प्रहरीले चिट काटेको हो।

सभामुखको गाडीसँगै अगुवा र पछुवा गरी तीन वटा गाडीलाई चिट काटिएको छ।

थापाथलीमा ट्राफिक नियम उल्लघंन गरेर सभामुखको गाडी सिंहदरबार पुगेको थियो। ट्राफिक प्रहरी सिंहदरबारमै गएर चिट काटेको हो।गाडीमा उनी सवार भए नभएको बारेमा भने प्रहरीले केही बताएन।