दिपेन्द्रको शतकमा नेपालले युएईलाई दियो २९० रनको लक्ष्य

काठमाडौं । आईसीसी विश्वकप लिग २ अन्तर्गत जारी खेलमा नेपालका अलराउन्डर दीपेन्द्र सिंह ऐरीले यूएईविरुद्ध शतक बनाएका छन् ।

आईसीसी विश्वकप लिग २ अन्तर्गत जारी खेलमा उनले शतक प्रहार गरेका हुन्। ९४ बलमा शतक प्रहार गरेका हुन्।

एकदिवसीय क्रिकेटमा उनको यो दोस्रो शतक हो । उनले यसअघि २६ मार्च २०२२ मा पिएनजीविरुद्ध यसै मैदानमा १०५ रनको पारी खेलेका थिए ।