प्रधानमन्त्री बालेनको राजीनामा माग्दै हर्क साम्पाङले गरे आन्दोलनको घोषणा

काठमाडौं। श्रम संस्कृति पार्टीले प्रधानमन्त्री बालेन शाहको राजीनामा मागेको छ। श्रम संस्कृतिका अध्यक्ष तथा संसदीय दलको नेता हर्क साम्पाङले प्रधानमन्त्री शाहलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेका छन्।

शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले प्रधानमन्त्रीको राजीनामा मागेका हुन्। जनतालाई आन्दोलित बनाइराख्ने व्यक्ति अभिभावक बन्न नसक्ने भन्दै अध्यक्ष साम्पाङले प्रधानमन्त्री शाहलाई राजीनामा दिएर माग प्रशस्त गर्न आग्रह गरेका हुन्।

राजीनामा दिएर मार्ग प्रशस्त गर्नु बुद्धिमानी हुने भन्दै उनले आन्दोलन सुरू गरेको जानकारीसमेत गराएका छन्।

‘बालेनजी राजीनामा दिएर मार्ग प्रशस्त बनाउनु बुद्धिमानी ठहर्छ है १ आन्दोलन शुरु भै सक्यो। जनतालाई आन्दोलित बनाइराख्ने मान्छे अभिभावक बन्न सक्दैन, अध्यक्ष साम्पाङले फेसबुकमा लेखेका छन्।

सरकारको अनधिकृत रुपमा बनाइएको संरचना भत्काउने कार्यले सुकुम्वासी बस्तीबाट विस्थापित भएकाहरुको अवस्थालाई लिएर अध्यक्ष साम्पाङले सरकारको आलोचना गर्दै आएका छन्।