सरकारले गर्ने गल्ती, कमजोरीमा युवाले औँला ठड्याउनुपर्छ: बिजुक्छेँ
काठमाडौं। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले सञ्चार माध्यमले जहिले पनि प्रतिपक्षको भूमिका खेल्नुपने बताएका छन्।
भक्तपुरमा शनाबिर सम्पादकीय सङ्कलन (तेस्रो खण्ड) र एक क्षण (समसामयिक टिप्पणी सङ्कलन) नामक दुई पुस्तकको विमोचन गर्दै अध्यक्ष बिजुक्छेँले सरकारले गर्ने हरेक कामलाई हेरेर त्यसमा भएका कमीकमजोरीलाई मिडियाले औँल्याउनुपर्ने बताएका हुन्।
अध्यक्ष बिजुक्छेँले वर्तमान समयमा आलोचनात्मक दृष्टिकोण राख्ने व्यक्ति घट्दै गएकामा चिन्ता व्यक्त गर्दै युवामा आलोचनात्मक दृष्टिकोणको भावना बढाउनुपर्ने खाँचो रहेको बताए। सरकार गर्ने गल्ती कमजोरीमा युवाले औँला ठड्याउनुपर्ने आवश्यकता रहेको उनको भनाइ छ।
