प्रिमियर कपका लागि नेपाली क्रिकेट टोली घोषणा
काठमाडौं। एसियन गेम्स महिला छनोट तथा एसीसी महिला प्रिमियर कपका लागि नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको घोषणा गरिएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार इन्दु बर्माको नेतृत्वमा १४ सदस्यीय टोली घोषणा गरेको हो। एसियन गेम्स महिला छनोट मलेसियामा मे २३ देखि ३१ सम्म हुदै छ। एसीसी महिला प्रिमियर कप २०२६ आउँदो जुन १ देखि १३ सम्म हुँदै छ।
नेपाली टोलीस् इन्दु बर्मा (कप्तान), पूजा महतो (उपकप्तान), बिन्दु रावल, सम्झना खड्का,रुवि पोद्दार, कविता जोशी, रिया शर्मा, सिता रानामगर,अनु कठायत, मनिषा उपाध्याय,रुविना क्षेत्री,सोनी पाख्रिन,सिमाना केसी।
वैकल्पिक खेलाडी: सावित्री धामी, सोमु विष्ट, सना प्रविन, लक्ष्मी साउद।
