जबरजस्ती करणी आरोपमा वडाध्यक्ष पक्राउ
काठमाडौं । जुम्लामा जबरजस्ती करणी आरोपमा वडाध्यक्ष पक्राउ परेका छन्। पातारासी गाउँपालिका-५,का वडाध्यक्ष दत्तबहादुर बुढा पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक रबिनबाबु रेग्मीका अनुसार, बुधवार एक २६ वर्षीया महिलाको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको हो।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ । महिला अविवाहित हुन् भने वडाध्यक्ष विवाहित हुन्।
