बालेन सरकारले चुपचाप घण्टी छापको करामत देखाउँदै छ: हर्क साम्पाङ
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभाका सांसद हर्क साम्पाङले प्रधानन्यायाधीश नियुक्ति सिफारिसमा आपत्ति जनाएका छन् । साम्पाङले वरीयता मिचेर प्रधानन्यायाधीश सिफारिस गरेको भन्दै आपत्ति जनाएका हुन्।
साम्पाङले सरकारको ठूलो असफलताका कारण यो निर्णय लिइएको बताए । उनले प्रधानन्यायधीशको नियुक्तिमा वरीयताको ख्याल राखियो कि राखिएन भन्दै प्रश्न समेत गरेका छन्। उनले बालेन्द्र शाह सरकारलाई ‘नीतिगत भ्रष्टाचारी सरकार’ समेत भनेका छन्।
वरीयताले चौथो भनिने मानिने व्यक्तिलाई प्रधान न्यायाधीश बनाउनु सरकारको अर्को ठूलो असफलताको कारण! अध्यादेशको औचित्य पुष्टि गरेको यही होला !चुपचाप घण्टी छापको करामत!सामाजिक सञ्जालमा लेख्दै उनले भनेका छन्, ‘प्रधानन्यायधीशको नियुक्तिमा वरीयताको ख्याल राखियो कि राखिएन? यही गर्नलाई संसद् छलेर अध्यादेश ल्याको हो!नीतिगत भ्रष्टाचारी सरकार!
