सुकुमबासी बस्तीमा सुत्केरी घिसारिएको घटनामा गृहमन्त्रीको जवाफ माग
काठमाडौं । ज्ञानेन्द्र शाहीले सुकुमबासी बस्ती हटाउने क्रममा प्रहरीले अमानवीय व्यवहार गरेको आरोप लगाउँदै गृहमन्त्रीबाटै जवाफ माग गरेका छन् ।
राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा उनले सुत्केरी महिलालाई घरबाट घिसारिएको र बालबालिकालाई पुस्तकसमेत ल्याउन नदिई उठाइएको घटनाप्रति गम्भीर आपत्ति जनाए।
शाहीले यस्तो संवेदनशील विषयमा कर्मचारी होइन, गृहमन्त्री नै उपस्थित भएर जवाफ दिनुपर्ने बताए ।सकेसम्म प्रधानमन्त्री नै आउनुपर्ने हो, नभए गृहमन्त्री आउनैपर्छ,उनले भने ।
उनले जिम्मेवार व्यक्ति उपस्थित नभएसम्म छलफलको औचित्य नरहने स्पष्ट पार्दै बहुमतका आधारमा प्रक्रिया अघि बढाउनु लोकतान्त्रिक संस्कारविपरीत हुने टिप्पणी गरे ।
सुकुमबासी बस्तीमा भएको प्रहरी दमनबारे गृह प्रशासनले संसद् र समितिलाई स्पष्ट जवाफ दिनुपर्ने उनको अडान छ।
