प्रधानमन्त्री बालेन लक्षित हर्क साम्पाङको कटाक्ष-आफ्नो बिहेमा अरूलाई बेहुला पठाएर हुँदैन
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राई (हर्क साम्पाङ)ले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) स्वयं संसद्मा उपस्थित नभए आफ्नो पार्टी बैठकबाट बाहिरिने चेतावनी दिएका छन्।
प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद राईले प्रधानमन्त्री उपस्थित नभए आफूहरू छलफलमा सहभागी नहुने स्पष्ट पारे। उनले भने- ‘यदि उहाँ (प्रधानमन्त्री बालेन) आउनुहुन्न भने श्रम संस्कृति पार्टी बाहिरिनेछ। हामीले अरूबाट सुन्नुपर्ने अवस्था होइन। आफ्नो बिहेमा अरूलाई बेहुला पठाएर हुँदैन ।
उनले प्रधानमन्त्री स्वयं उपस्थित भएर प्रश्नहरूको जवाफ दिनुपर्ने अडान दोहोर्याउँदै संसद्मा जिम्मेवार उपस्थितिको आवश्यकता औँल्याए। “त्यसकारण उहाँले नै उत्तर दिनुपर्ने हुन्छ। काग कराइरहन्छ, पिना सुक्दै गर्छ भनेर हुँदैन,” राईले थपे।
उनले प्रधानमन्त्री बाहेक अरूबाट जवाफ स्वीकार नगर्ने अडान राख्दै छलफलको क्रममा प्रधानमन्त्रीको प्रत्यक्ष उपस्थितिको अपेक्षा समेत व्यक्त गरेका छन्।
