फेरि काठमाडौं उडान गर्दै कुवेत एयरवेज
काठमाडौं । कुवेत एयरवेजले पुनः काठमाडौं उडान सुरु गर्ने भएको छ। कुवेत–काठमाडौं–कुवेत रुटमा साताको दुई उडान गर्ने गरी उडान पुनः सुरु गर्न लागिएको कुवेत एयरवेजले जनाएको छ। पश्चिम एसियामा जारी युद्धका कारण कुवेत–काठमाडौं उडान रोकिएको थियो।
कुवेतले मंगलबार र बिहीबार गरी सातामा दुई उडान तालिका सार्वजनिक गरेको छ । कुवेतले आफ्नो वेबसाइटमा राखेको मूल्य अनुसार काठमाडौं–कुवेत रुटको भाडा न्यूनतम ९ सय ११ अमेरिकी डलर (१ लाख ४० हजार रुपैयाँ हाराहारी) एकतर्फी भाडा तय गरिएको छ।
कुवेत धेरै नेपाली कामदार रहेका देशमध्ये एक हो। त्यहाँबाट कुवेत र जजिरा एयरवेजले नियमित काठमाडौं उडान गर्दै आएका थिए । पश्चिम एसिया युद्धले उडान प्रभावित बनेसँगै कुवेतसँगको हवाई सम्पर्क समेत टुटेको थियो।
