प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौं । आज प्रतिनिधि सभाको बैठक बस्दै छ । सङ्घीय संसद् सचिवालयका अनुसार आज बिहान ११ बजेदेखि सुरु हुने बैठकमा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव समितिका सभापति गणेश पराजुलीले प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै आजको बैठकमा आर्थिक वर्ष २०८३/८४ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता ९कर प्रस्ताव बाहेक० सम्बन्धमा छलफल प्रारम्भ हुने कार्यसूची रहेको छ।