गणतन्त्र दिवसमा प्रधानमन्त्री कार्यालयको सन्देश: सुशासन र समृद्धिका लागि सहकार्य आवश्यक
काठमाडौं। सरकारले सुशासन र नागरिकको हितलाई सर्वोपरि राख्दै देशलाई समृद्ध बनाउनु मुख्य दायित्व भएको बताएको छ ।
१९औँ गणतन्त्र दिवसका अवसरमा शुक्रवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एक शुभकामना सन्देश जारी गर्दै राष्ट्र निर्माणका लागि सबैको साथ र सहकार्यको आवश्यकता रहेको जनाएको छ।
सन्देशमा भनिएको छ, ‘सुशासन र नागरिकको हितलाई सर्वोपरि राख्दै देशलाई समृद्ध बनाउनु हाम्रो मुख्य दायित्व हो। राष्ट्र निर्माणको यस साझा यात्रामा सबैको साथ र सहकार्यको अपेक्षा गर्दछौँ।
साथै, गणतन्त्र दिवस २०८३ को ऐतिहासिक अवसरमा प्रधानमन्त्री कार्यालयले स्वदेश तथा विदेशमा रहेका समस्त नेपाली जनामा शुभकामना व्यक्त गरेको छ।
