त्रि–चन्द्र बहुमुखी क्याम्पसमा बीसीए कार्यक्रम सुरु,नेविसंघ अध्यक्ष शाहीद्वारा स्वागत
काठमाडौं। नेपाल विद्यार्थी संघ (नेविसंघ) को लामो समयदेखिको निरन्तर पहल, संवाद र दबाबपछि त्रि–चन्द्र बहुमुखी क्याम्पसमा ब्याचलर इन कम्प्युटर एप्लिकेसन (बीसीए) कार्यक्रम सुरु भएको छ।
बीसीए कार्यक्रमको औपचारिक सुरुवातप्रति खुशी व्यक्त गर्दै नेविसंघका इकाइ अध्यक्ष अमृत शाहीले २१औँ शताब्दीमा डिजिटल सीप नै भविष्यको सबैभन्दा ठूलो शक्ति भएको बताएका छन्। उनका अनुसार बीसीए केवल एउटा शैक्षिक डिग्री मात्र नभई विश्वव्यापी अवसर, नवप्रवर्तन, रोजगारी तथा उद्यमशीलताको ढोका खोल्ने आधुनिक शैक्षिक कार्यक्रम हो।
अध्यक्ष शाहीले नेपाललाई डिजिटल राष्ट्र बनाउने लक्ष्य हासिल गर्न सूचना प्रविधिमा दक्ष जनशक्ति उत्पादन अपरिहार्य रहेको उल्लेख गर्दै बीसीएजस्ता कार्यक्रमले त्यस दिशामा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे। उनले त्रि–चन्द्र बहुमुखी क्याम्पसमा बीसीए कार्यक्रम सञ्चालन भएपछि विद्यार्थीहरूले सूचना प्रविधि क्षेत्रमा गुणस्तरीय र रोजगारमुखी शिक्षा हासिल गर्ने अवसर प्राप्त गर्ने बताए।
उनले यो कार्यक्रमबाट सूचना प्रविधि क्षेत्रमा दक्ष, प्रतिस्पर्धी तथा विश्वस्तरीय जनशक्ति उत्पादन हुने अपेक्षा व्यक्त गर्दै विद्यार्थीहरूको भविष्य निर्माणमा यसले महत्वपूर्ण भूमिका खेल्ने धारणा राखे।
ूऐतिहासिक क्याम्पस, आधुनिक शिक्षा — त्रि–चन्द्रमा बीसीए, डिजिटल नेपालको आधारू भन्ने सन्देशसहित अध्यक्ष शाहीले बीसीए कार्यक्रम सञ्चालनका लागि सहयोग, समन्वय र पहल गर्ने सम्पूर्ण सरोकारवाला निकाय तथा व्यक्तिप्रति आभारसमेत व्यक्त गरेका छन्।
