‘मन्दिरमा आगो लगाइदिने’ अभिव्यक्ति दिने दलित अभियन्ता पक्राउ

काठमाडौैं । धार्मिक भावनामा आघात तथा सद्भाव भड्काउने अभिव्यक्ति दिने व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रुकुम पश्चिम, आठविसकोट नगरपालिका १२ घर भइ हाल टोखा नगरपालिका ८ बानियाँटार बस्ने २७ वर्षीय जनक परियार रहेका छन् ।

परियारले केही दिनअघि अनामनगरस्थित संवाद डबलीमा ‘मठ मन्दिर आगो लाइदिनेछौं’ जस्ता भड्काउ अभिव्यक्ति दिएका थिए । उनले बोलेको कुराले धार्मिक भावनामा आघात तथा सद्भाव भड्काएको प्रहरीले बताएको छ ।

उनलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन भट्टराईले जानकारी दिए ।