बाजुरामा भीषण वर्षासँगै आयको असिना पानीले भौतिक संरचना र खेतियोग्य जमिनमा ठूलो क्षति
सर्पलाल गिरी
बाजुरा। बाजुरामा विहिबार १४ गते आएको अबिरल भारी बर्षासंगैको असिनापानी र बाढीपहिरोले पुर्याएको क्षतिको स्थलगत अनुगमन गरेर मुचुल्का तयार गरेकोछ। स्थलगत अनुगमनमा बुढीनन्दा नगरपालिकाका प्रबक्ता एवं वडा नं.३ का वडा अध्यक्ष जंगविर रोकाया, वडा नं.१ का वडा अध्यक्ष मानबहादुर कार्की, कार्यपालिका सदस्य हिक्मत वड, सदस्य विर बहादुर कार्की, इलाका प्रहरी कार्यालय कोल्टीका सुरक्षाकर्मि, समाजसेवी, नागरिक अगुवा र पत्रकार समेतको टोलीले बुढीनन्दा नगरपालिकाको वडा नं. १ र ६ मा स्थलगत अनुगमन गरि क्षति विवरण एकिन गरेर मुचुल्का तयार गर्न सुरक्षा निकायलाई अनुरोध गरिएकोछ।
बाजुरा जिल्लाको उत्तरपूर्वी कुण्डा क्षेत्रमा भिषण वर्षा संगै आयको असिना पानीले ठूलो भौतिक संरचना र खेतियोग्य जमिनमा क्षति पुर्याएको छ। भने सयौं घरबस्ति जोखिममा छन्।
विहिबार दिउँसो ३ बजे देखि ४ बजेको विचमा भीषण बर्षासंगै आयको भारी असिना पानीले स्थानीय जनताको सयौं रोपनी खेतियोग्य खेतलाई बगरमा परिणत गरेकोछ भने कयौं बस्तिलाई जोखिममा पारेकोछ। बुढीनन्दा नगर पालिका वडा नं.१ स्थित साउनेगाउँ, हरिकवल, मटेला र पार्तोलाको पुरै बस्ति उच्च जोखिममा पर्नुका साथै खेतियोग्य जमिन बगाएर क्षति पुगेकोछ।
साउँनेगाउँको करिव ५० घरपरिवार र हरिकवलको २९ घरपरिवारको बस्ति स्थानान्तरण गर्नुपर्ने स्थिति छ। यो बस्तिमा खानेपानी, विजुली, बाटोघाटो र सिंचाई कुलोमा पूर्ण क्षति पुर्याएकोछ भने खेतियोग्य जमिन बगायर छोपेकोछ । स्थानियबासीहरुका घरमा बर्षाको पानी पसेर जलमग्न डुवान गरेकोछ भने बस्तिको चारैतिर बाढी र पहिरोका कारण बस्ति जोखिमयुक्त अवस्थामा परेकोछ।
बाढी पहिरोबाट बुढीनन्दा नगरपालिकाको वडा नं. १ साउँनेगाउँ, हरिकवल, मटेला, पार्तोला, भारतीकौषाडी, वडा नं. ६ दैयाँ, लाटुबस्ति र खारगाड तथा जगन्नाथ गा.पा. १ पिलुचौरमा स्थानियको हजार रोपनी खेतियोग्य जमिनमा क्षेति,, २०० घर उच्च जोखिममा पर्नुका साथै पशुचौपाया पनि बगाईकोछ ।
स्थानीयबासी जनताले तत्काल राहत प्याकेजको व्यवस्था र दीर्घकालिन रुपमा बस्ति स्थानानतरण र पुनर्स्थापनाको राज्यसंग गरेकाछन । सानोतिनो बजेटमा सिंचाई, खानेपानी, बाटोघाटो बनाउन नसकिने र खेतियोग्य जमिन बगरमा परिणत भएकोले भोकमरी र अभाव हुने स्थानीय बताउँछन । स्थानीय एवं नागरिक अगुवा सर्पलाल गिरी बस्ति स्थानानतरण बाहेक अरु विकल्प नभएको बताउँदै भन्छन…
तेसैगरि बुढीनन्दा नगर सरकारका प्रबक्ता जंगविर रोकाया भन्नू हुन्छ नगर सरकारले तत्काल अल्पकालिन र दिर्घमालीन व्यवस्थाका लागि सरोकारवाला र सहयोगी निकायसंग समन्वय गरेर राहत प्याकेजको ब्यबस्था गर्ने बताउछन ।
जनताको बस्तीको उठीबास भएर अन्नबाली उत्पादन गर्ने जमिन बगर भएपछि सिंचाईं गर्ने कुलो, खानेपानी, बाटोघाटो नहुँदा यो बस्तिमा कसरी बस्ने, के खाने र जोखिमयुक्त घरबस्तिमा कसरी बस्ने स्थानीयको गुनासोछ। यसमा राज्यले उचित व्यवस्थापन गर्न जरुरीछ । तत्काल र दीर्घकालीन व्यवस्थाका लागि स्थानीय, प्रदेश र केन्द्रीय सरकार, जनप्रतिनिधी, सहयोगी दाता निकाय र सरोकारवाला निकायलाई हार्दिक अपिलका साथ जोडदार माग गर्दछु ।
