प्रतिनिधिसभामा ३ दिन बजेटमाथि छलफल हुने
काठमाडौंं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद्को संयुक्त सदनमा पेस गरेको बजेटमाथि प्रतिनिधि सभामा ३ दिन छलफल हुने भएको छ।
अर्थमन्त्री डा। वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेटसम्बन्धी विधेयक प्रतिनिधि सभामा पेस गरेपछि सभामुख डोलप्रसाद अर्यालले त्यसमाथि छलफल गर्न ३ दिन समय तोकेका हुन् ।
सभामुख अर्यालका अनुसार जेठ १८,१९ र २० गते छलफल गर्ने र सांसदहरूले जवाफ दिने बताए । रास्वपा नेतृत्वको सरकारले हालसम्मकै ठुलो २१ खर्ब २४ अर्ब ३४ करोडको बजेट ल्याएको छ।
