विपक्षी दलहरूको बैठक बस्दै

काठमाडौं । प्रतिनिधि सभामा कसरी प्रस्तुत हुने भन्ने रणनीति बनाउन विपक्षी दलहरूको बैठक बस्दै छ । बैठक मध्याह्न १२ बजे कांग्रेस संसदीय दलको कार्यालयमा बस्न लागेको हो ।

सभामुख डोलप्रसाद अर्यालले आइतबार राति विपक्षी दलहरूको बेल घेराउबिच प्रतिनिधि सभा नियमावली पारित गरेपछि अब कसरी अगाडि बढ्ने भन्ने रणनीति बनाउन विपक्षी दलहरूको बैठक बस्न लागेको हो ।

प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे आह्वान भएको छ । बैठकमा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले जेठ १५ गते सङ्घीय संसद्को संयुक्त सदनमा पेस गरेको आर्थिक वर्षको आय व्यय विवरण बजेटबारे छलफल गर्ने कार्यसूची रहेको छ ।