धरौटीमा छुटे पूर्वसभामुख महरा
काठमाडौं। भेप (विद्युतीय चुरोट)को आवरणमा सुन तस्करी गर्ने चिनियाँ नागरिकको सामान छुटाउन सहयोग गरेको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महरा एक लाख रुपैयाँ धरौटीमा छुटेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दामा विशेष अदालतमा उपस्थित भएका महराको बयानपछि अदालतले धरौटी माग गरेको हो। विशेष अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र विदुर कोइरालाको इजलासले उनलाई धरौटीमा छाड्ने आदेश दिएको हो।
यस प्रकरणमा यसअघि प्रहरीले पनि महराविरुद्ध छुट्टै मुद्दा दायर गरेको थियो।
