रास्वपा महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित गरिएको छ। आइतबार केन्द्रीय निर्वाचन आयोगले महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित गरेको हो।
जसअनुसार भोलि ८ गते बिहान ९ बजे महाधिवेशन प्रतिनिधिहरूमाथि दाबी÷विरोधपछि १० बजे अन्तिम नामावली प्रकाशन गरिने छ।
यसैगरी दिउँसो १ बजेदेखि उम्मेदवारी मनोनयनका लागि फाराम वितरण, २ बजेदेखि ४ बजेसम्म उम्मेदवारी मनोनयनपत्र दर्ता सुरु हुने छ।
साँझ ६ बजे उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशन, ७ बजेदेखि ९ बजेसम्म दाबीविरोध परेका उम्मेदवारहरूमाथि जाँचबुझ, राति सभा नौबजेदेखि उम्मेदवारी फिर्ता लिन चाहेमा त्यसका लागि समय दिएर रातिको ११ बजे उम्मेदवारहूको अन्तिम नामावली प्रकाशन गरिनेछ।
९ गते बिहान साढे ८ देखि पहिलो चरणको मतदान सुरु हुने कार्यतालिका छ। पहिलो चरणमा सभापति र केन्द्रीय सदस्यहरूको मतदान हुनेछ मतदान सकिएको दुईघण्टाभित्रमा मतपरिणाम घोषणा गरिने उल्लेखछ।
दोस्रो चरणमा हुने पादाधिकारीहरूको निर्वाचनको कार्यतालिका भने पछि प्रकाशित गरिने रास्वपा केन्द्रीय निर्वाचन समितिले जनाएको छ।
