सुनचाँदीको मूल्य घट्यो, प्रतितोला कति ?
काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १६ सय रुपैयाँले घटेको हो।
कारोबारको अघिल्लो दिन प्रतितोला दुई लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १६ सय रुपैयाँले घटेर दुई लाख ८७ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य १४० रुपैयाँले घटेर प्रतितोला ४५९० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य दुई लाख ४६ हजार १ सय ४० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ३९३५ रुपैयाँ कायम भएको छ।
