फिफाबाट निलम्बनमा एन्फा: नेपाली टिम अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता हनु नपाउने
काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई निलम्बन गरेको छ। फिफा काउन्सिल ब्युरोले बुधवार फिफा विधानको धारा १४ बमोजिम एन्फालाई अर्को सूचना नआएसम्मका लागि निलम्बन गर्ने निर्णय गरेको हो। एन्फाले फिफा विधानको धारा १३ अन्तर्गत प्राप्त सबै सदस्यता अधिकार गुमाएको छ।
निलम्बन कायम रहुञ्जेल एन्फाका प्रतिनिधि टोली तथा क्लब टोलीहरू अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन पाउने छैनन्। यस्तै एन्फा वा एन्फासँग सम्बन्धित कुनै पनि सदस्य वा पदाधिकारीले फिफा तथा एएफसीद्वारा सञ्चालित विकास कार्यक्रम, तालिम वा प्रशिक्षणबाट लाभ लिन पाउने छैनन्।
निलम्बनमा परेपछि नेपालको राष्ट्रिय टिम देखि क्लब सम्मको टिमले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन पाउने छैन। फिफा र एएफसीबाट पाउँदै आएको फण्ड बन्द हुनेछ। एन्फा र यसका कुनै पनि अफिसियलहरु अब फिफा र एन्फाको डेभलपमेन्ट कार्यक्रमहरुमा सहभागि हुन पाउने छैनन्।
अर्को फिफा कंग्रेस बस्नुअघि फिफा काउन्सिल ब्युरो वा फिफा काउन्सिलले कुनै पनि समयमा यो निलम्बन फुकुवा गर्न पत्रमा उल्लेख गरेको छ।
