सङ्घीयता भत्काउने निर्णय रास्वपाका लागि ठूलो भूल हुने छ: बाबुराम भट्टराई
काठमाडौं । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले नयॉं दल रास्वपाले आफ्नो महाधिवेनबाट प्रदेशसभा खारेज गर्ने र प्रकारान्तरले सङ्घीयता भत्काउने निर्णय गरेको हो भने त्यो ठूलो भूल हुने बताएका छन्।
उनले आफ्नो एकल निर्णय अरूमाथि लाद्ने हो भने दलहरू, विभिन्न जातिहरू र आम जनसमुदाय बिचमा ठूलो विश्वासको संकट पैदा हुने बताउँदै त्यसले देशलाई अनिष्टतिर धकेल्नसक्ने चेतावनी समेत दिए।
‘नयॉं सत्तासीन दल रास्वपाले आफ्नो महाधिवेनबाट प्रदेशसभा खारेज गर्ने र प्रकारान्तरले सङ्घीयता भत्काउने निर्णय गरेको हो भने त्यो ठूलो भूल हुनेछ,उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पहिलो त विधिको हिसाबले एकातिर आफ्नै नेतृत्वको सकारले ‘संविधान संशोधन बहसपत्र’ तयार गर्न कार्यदल बनाउने र अर्कोतिर आफ्नो एकल निर्णय अरूमाथि लाद्ने हो भने दलहरू,विभिन्न जातिहरू र आम जनसमुदाय बिचमा ठूलो विश्वासको संकट पैदा हुनेछ र त्यसले देशलाई अनिष्टतिर धकेल्नसक्छ।
उनले जातीयरराष्ट्रिय र क्षेत्रीय विविधतायुक्त मुलुकमा लामो बलिदानीपूर्ण संघर्षपछि निर्वाचित संविधानसभाबाट अधिकतम सहमतिसहित गरिएको पुरानो एकात्मक राज्यको सङ्घीय पुनर्संरचना जानेर नजानेर भत्काइयो भने त्यसले गम्भीर जातीय९क्षेत्रीय द्वन्द्व र अशान्ति सिर्जना गर्ने बताए । साथै उनले यसबाट कसैको पनि हित नहुने जिकिर गरे।
त्यसैले नदुखेको कपाल डोरी लगाएर दुखाउनु सट्टा संविधान संशोधनबारे अधिकतम राष्ट्रिय सहमति नबनुन्जेल चुपचाप सुशासन र विकासु तिरै केन्द्रित हुनु बुद्धिमानी हुने उनको सुझाव छ।
