आज पनि सुनचाँदीको मूल्य घट्यो, प्रतितोला कति ?

काठमाडौं । साताको कारोबारको पाँचौँ दिन बिहीबार सुनको मूल्य घटेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ५ हजार २ सय रुपैयाँले घटेको हो।

कारोबारको अघिल्लो दिन प्रतितोला दुई लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ५ हजार २ सय रुपैयाँले घटेर दुई लाख ७८ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ।

यता चाँदीको मूल्य २५० रुपैयाँले घटेर प्रतितोला ४२३५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य दुई लाख ३८ हजार ६ सय रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ३६३१ रुपैयाँ कायम भएको छ।