प्रधानमन्त्रीको चासोपछि बन्द भएका चिया उद्योग पुनः सञ्चालन
काठमाडौं। बन्द भएका चिया उद्योगहरु पुनः सञ्चालनमा आएका छन्। असार १ र ४ गतेदेखि बन्द भएका झापा र इलामका चिया उद्योगहरु फेरि सञ्चालनमा आएका हुन्।
भारतले चिया निर्यातमा गरेको कडाइका कारण बन्द भएका उद्योगहरु नेपाल सरकारले उद्योगीका समस्या विशेष कार्यदल गठन गरेर समाधान गर्ने आश्वासन दिएसँगै बन्द भएका झापाका ३० वटा सीटीसी चिया उद्योगहरु पुनः सञ्चालनमा आएका हुन्।
चिया उद्योगीहरुको समस्याप्रति प्रधानमन्त्रीले नै चासो देखाएपछि बालेन्द्र शाह (बालेन)को सचिवालयले निर्यातको समस्या समाधानका लागि उच्चस्तरीय कार्यदल गठन गर्ने आश्वासन दिएको थियो।
प्रधानमन्त्रीले नै समस्याप्रति चासो व्यक्त गरेपछि समस्या समाधान हुने आशमा उद्योग पुनः सञ्चालन गरेको उद्योगीहरुले बताएका छन्। उद्योगीका अनुसार भारतको चिया बोर्डले नेपाली चियाको गुणस्तर परीक्षणका नाममा नयाँ मापदण्ड (एसओपी) लागू गरेपछि नेपाली चियाको निर्यात प्रभावित बनेको थियो।
