विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरणको रिट खारेज गर्ने सर्वोच्चको निर्णय
काठमाडौं। सर्वोच्च अदालतले पूर्वअर्थमन्त्री विष्णु पौडेललाई गैरकानुनी हिरासतमा राखिएको भन्दै दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिट खारेज गरेको छ।
पौडेलकी पत्नी दोमाया पौडेलले सम्पत्ति शुद्दीकरणको अनुसन्धानमा थुनामा राखेर अनुसन्धान गर्ने अनुमति दिने विशेष अदालतको निर्णयविरुद्ध सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरेकी थिइन्।
उक्त रिटमा न्यायाधीशहरू विनोद शर्मा र नित्यानन्द पाण्डेको बिहीबारको इजलासले रिट खारेज गर्ने निर्णय गरेको हो। विशेष अदालतले बिहीबार नै पनि पौडेललाई थप ६ दिन हिरासतमा राख्नेर अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण विभागलाई अनुमति दिएको छ।
