प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
काठमाडौं । प्रधानमन्त्री वालेन शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । आज अपराह्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेगरी बैठक बोलाइएको हो ।
प्रधानमन्त्रीको सचिवालयले आज अपराह्न ३ः४५ बजे मन्त्रिपरिषद् बैठक बस्ने जानकारी दियो । यद्यपी बैठकका एजेण्डा भने सार्वजनिक गरिएका छैनन् ।
