जग्गाको विषयमा विवाद हुँदा रौतहटमा एक जनाको हत्या
काठमाडौं । रौतहटको ईशनाथ नगरपालिका–३ औरैयामा चक्कु प्रहारबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटन साह रहेका छन् ।
मंगलबार राति करिब ८ बजे जग्गाको स्वामित्वको विषयलाई लिएर विवादपछि कुटपिट हुँदा रामेश्वर साहले बुटनमाथि चक्कु प्रहार गरेका थिए। चक्कु प्रहारबाट उनको ढाडमा गम्भीर चोट लागेको थियो ।
उनलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएको थियो । तर, राति करिब ९ बजे उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेको रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक वसन्त गौतमले जानकारी दिए ।
घटनाका क्रममा रामबहादुर साहको टाउकोमा समेत चोट लागेको छ । उनको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घटनालगत्तै खटिएको प्रहरी टोलीले चक्कु प्रहारमा संलग्न रामेश्वर साह तथा रामऔतार साहलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
