आत्मदाहको प्रयास गरेका गणेश नेपालीको मृत्यु

काठमाडौं। राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका गणेश नेपालीको मृत्यु भएको छ । उपचारका क्रममा उनको वीर अस्पतालमा मृत्यु भएको हो।

बिहीबार त्रिपुरेश्वरको राहदानी विभागको ३ नम्बर गेट अगाडि उनले आत्मदाहको प्रयास गरेका थिए । प्रहरीले उद्दार गरी उनलाई उपचारका लागि वीर अस्पताल पुर्याएको थियो ।

शरीरको करिब ६० प्रतिशत भाग जलेर गम्भीर घाइते भएका नेपालीको उपचारकै क्रममा उनको निधन भएको हो।