आज असार २६ गते शुक्रबार,यस्तो छ तपाईको राशिफल
मेष- विद्वान् र गुरुजनको साथ तथा प्रेरणा प्राप्त हुने दिन छ । आफ्नो प्रतिभा प्रदर्शन गर्दै नाम र प्रतिष्ठा कमाउने अवसर मिल्नेछ । सम्मान बढेपनि भौतिक सुखसुविधाप्रतिको चिन्ता रहन सक्छ । बोली र व्यवहारले अरूलाई आकर्षित गर्नेछ । केही काम दोहोर्याउनु परेपनि अन्तिम परिणाम लाभदायक रहनेछ ।
वृष- व्यक्तिगत उन्नति र प्रगतिका समाचारले मन प्रसन्न हुनेछ । जीवनसाथी वा साझेदारबाट सहयोग र शुभकामना प्राप्त हुनेछ । प्राविधिक तथा मेसिनरीसम्बन्धी काममा सफलता मिल्नेछ । वित्तीय संस्थाबाट सहयोग प्राप्त हुने सम्भावना छ । ऋण तथा आर्थिक कारोबारमा सावधानी अपनाउनु राम्रो हुनेछ । औषधि, काठ तथा फर्निचर व्यवसायमा लाभ मिल्ने संकेत छ ।
मिथुन- आज व्यस्तता र दौडधूप बढ्नेछ । खर्च बढ्ने भएकाले आर्थिक व्यवस्थापनमा ध्यान दिनु आवश्यक छ । नयाँ कुरा सिक्ने र कार्यशैली परिवर्तन गर्ने सोच आउन सक्छ । कुनै योजना वा लगानीअघि त्यसका सकारात्मक र नकारात्मक पक्षको राम्रो मूल्यांकन गर्नु उचित हुनेछ । हतारमा निर्णय गर्दा समस्या आउन सक्छ।
कर्कट- नयाँ काम सुरु गर्न अनुकूल समय छ । अतिरिक्त आम्दानी वा बोनस प्राप्त हुन सक्छ । साथीभाइसँग रमाइलो गर्ने अवसर मिल्नेछ । प्रशासनिक तथा राजनीतिक समस्या समाधान हुने संकेत छ । नयाँ सम्झौता वा करारले भविष्यलाई बलियो बनाउन सहयोग गर्नेछ ।
सिंह- व्यवसाय र कारोबारमा राम्रो प्रतिफल प्राप्त हुनेछ । नयाँ योजना अघि बढाउनुभन्दा पहिले साझेदार र प्रतिस्पर्धीसँग अनुभव आदानप्रदान गर्नु लाभदायक हुनेछ । परिवारमा सुखद वातावरण रहनेछ । करियरमा प्रगतिको सम्भावना छ । लगनशीलताले कठिन काम पनि सफलतापूर्वक सम्पन्न हुनेछ ।
कन्या- धार्मिक तथा सामाजिक कार्यमा सक्रिय हुनुपर्ने दिन छ । समाजमा सम्मान प्राप्त भए पनि परिवारलाई पर्याप्त समय दिन नसक्दा केही असन्तुष्टि हुन सक्छ । भाग्यले साथ दिने भएकाले प्रतिस्पर्धा वा परीक्षामा सफलता मिल्ने सम्भावना छ । कार्यपद्धतिमा सुधार गर्दा थप उपलब्धि हासिल हुनेछ ।
तुला- वैचारिक मतभेद हुन सक्ने दिन भएकाले आफ्नो धारणा स्पष्ट राख्नु उचित हुनेछ । सरकारी वा प्रशासनिक काममा केही झन्झट आउन सक्छ । बाहिर निस्कँदा आवश्यक कागजात साथमा राख्नुहोस् । स्वास्थ्यमा सामान्य कमजोरी देखिन सक्छ । कारोबारमा भने आफ्नै सक्रियताले सफलता दिलाउनेछ ।
वृश्चिक- भावुकता र कल्पनामा धेरै समय बित्न सक्छ । सफलता प्राप्त गर्न मेहनत आवश्यक पर्ने दिन हो । पुराना साथीभाइसँग भेटघाट हुने सम्भावना छ । पारिवारिक भावना र सम्बन्धलाई प्राथमिकता दिनु लाभदायक हुनेछ । कार्य क्षेत्रमा सफलता मिल्ने भएपनि परिवारका सदस्यको चाहनालाई पनि सम्मान गर्नु आवश्यक छ।
धनु- अनावश्यक काममा समय खर्च नगर्नु राम्रो हुनेछ । साथीभाइको सहयोगले घरायसी काम सम्पन्न हुनेछ । प्रतिष्ठा र सम्मान बढ्ने दिन भएपनि अहंकार र हठका कारण समस्या आउन सक्छ । निर्णयमा अन्योल र चिडचिडापन बढ्न सक्ने भएकाले संयम अपनाउनु आवश्यक छ।
मकर- नयाँ ज्ञान हासिल गर्ने अवसर मिल्नेछ । धैर्य र लगनशीलताले महत्त्वपूर्ण काममा सफलता दिलाउनेछ । दीर्घकालीन लगानीबाट लाभ हुने संकेत छ । परिवारका कनिष्ठ सदस्यबाट सहयोग प्राप्त हुनेछ । टाढा रहेका सन्तान वा आफन्तबाट खुसीको समाचार आउने सम्भावना छ ।
कुम्भ- सानातिना अवरोध आएपनि काम रोकिने छैन । परिवारबाट शुभ समाचार प्राप्त हुन सक्छ । व्यवसायलाई नयाँ दिशा दिने प्रयास सफल हुनेछ । कसैको आश्वासन वा लोभमा नपर्नु राम्रो हुनेछ । आफ्नै मेहनतमा भरोसा गर्दा अपेक्षित परिणाम प्राप्त गर्न सकिनेछ ।
मीन- व्यवहारिक सोचले आर्थिक उन्नतिमा सहयोग गर्नेछ । धार्मिक तथा सामाजिक कार्यमा सहभागी हुँदा सम्मान र सन्तुष्टि प्राप्त हुनेछ । सहकर्मीको कामका कारण केही व्यस्तता बढ्न सक्छ । साथीभाइसँग भेटघाट हुनेछ । व्यक्तिगत काम सफलतापूर्वक सम्पन्न हुने र दिन उत्साहजनक रहनेछ ।
