गाईको सट्टा गैँडालाई राष्ट्रिय जनावर बनाउन प्रस्ताव
काठमाडौं। नेपालको राष्ट्रिय जनावर गाईको सट्टा गैँडा बनाउन प्रस्ताव गरिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जेनजी आन्दोलन २०८२ को मर्म र भावनाअनुसार शासन व्यवस्थासम्बन्धी मागेको सुझाव दिने क्रममा आदिवासी जनजाति आयोगले राष्ट्रिय जनावर गैँडा बनाउन प्रस्ताव गरेको हो।
संविधान संशोधनका लागि २५ बुँदे प्रस्ताव अघि सारेको आयोगले सबै धार्मिक र सांस्कृति समुदायका लागि गाई साझा हुन नसक्ने भएकोले राष्ट्रिय जनावर सट्टा गैँडा बनाउन उपयुक्त हुने सुझाव दिएको हो।
बिहीबार ‘संविधान संशोधन प्रस्ताव प्रतिवेदन’ सार्वजनिक गरेको आयोगले प्रदेशअनुसार सरकारी कामकाजको लागि तोकिएको भाषामा राष्ट्रिय गान गाउने व्यवस्था गर्नुपर्ने पनि सुझाव दिएको छ ।
