सुनचाँदीको मूल्य बढ्यो,तोलामा कति ?

काठमाडौं । साताको कारोबारको छैठौँ दिन शुक्रबार सुनको मूल्य बढेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला २७ सय रुपैयाँले बढेको हो।

कारोबारको अघिल्लो दिन प्रतितोला दुई लाख ८४ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज २७ सय रुपैयाँले बढेर दुई लाख ८७ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ।

यता चाँदीको मूल्य १७० रुपैयाँले बढेर प्रतितोला ४५१० रुपैयाँमा कारोबार भईरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य दुई लाख ४६ हजार ४ सय रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ३८६६।५० रुपैयाँ कायम भएको छ।