वीर अस्पतालमा तनाव,ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन

काठमाडौं। गणेश नेपालीको निधनपछि वीर अस्पतालमा तनाव भएको छ। तनाव व्यवस्थापन गर्न ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

मुगुका गणेश नेपालीले बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएका थिए। गम्भीर घाइते भएका उनलाई वीर अस्पतालमा भर्ना गरी भेन्टिलेटरमा उपचार भइरहेको थियो।

उपचारकै क्रममा शुक्रबार बिहान उनको निधन भएको छ। उनको निधनपछि सडकदेखि सदनसम्म निष्पक्ष छानविनको माग उठेको छ। उनका आफन्त र स्वतन्त्र नागरिक वीर अस्पताल परिसर पुगेपछि अस्पतालमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।