आज असार २७ गते शनिबार, यस्तो छ तपाईको राशिफल

मेष- आयका स्रोत सबल रहनेछन् । तर बोली र व्यवहारमा विशेष सावधानी अपनाउनु आवश्यक छ, किनकि आलोचकहरूले तपाईंका कमजोरी खोज्ने प्रयास गर्न सक्छन् । दृढ अठोट र सही निर्णयले सफलता दिलाउनेछ । अचानक यात्राको योजना बन्न सक्छ, जसबाट लाभ मिल्ने सम्भावना पनि छ । सुख सुविधा बढाउन आवश्यक सामाग्री खरिद गर्दा खर्च बढ्नेछ, तर त्यसले मानसिक सन्तुलनमा खास असर पार्ने छैन ।

वृष- लगनशील भएर परिश्रम गरे उत्कृष्ट परिणाम प्राप्त हुनेछ । सानो प्रयासमा पनि भाग्यको साथ मिल्ने भएकाले अपेक्षाभन्दा राम्रो नतिजा आउने संकेत छ । महत्वाकांक्षा र उत्साह बढ्नेछ । अल्छीपनले प्रभाव पार्न सक्छ, तर सफलता मेहनतबाटै प्राप्त हुने भएकाले सक्रिय रहनु उचित हुन्छ । व्यक्तित्व विकासका लागि अनुकूल समय छ । प्रेरणा र आत्मबल दिने व्यक्तिसँग चिनजान वा मित्रता हुन सक्छ ।

मिथुन- कार्य व्यस्तताका कारण भेटघाट र समन्वयमा असहजता आउन सक्छ । साँझतिर मन भावुक र निराश बन्ने सम्भावना छ । मनोरञ्जन र रमाइलोमा बढी केन्द्रित हुँदा आर्थिक दबाब बढ्न सक्छ । धार्मिक वा सामाजिक कार्यमा पनि केही खर्च हुन सक्छ । कार्य क्षेत्रमा आफ्नै प्रयासमा भर पर्नु राम्रो हुनेछ, किनकि सहयोगीबाट अपेक्षित साथ नपाइने संकेत छ । व्यापारमा पनि सावधानी अपनाउनु उचित हुन्छ ।

कर्कट- पारिवारिक सुखमा वृद्धि हुनेछ । सन्तानबाट सन्तोष मिल्नेछ । ज्ञान र अनुभवको सही प्रयोगले महत्वपूर्ण लाभ लिन सकिनेछ । विदेश अध्ययन वा दीर्घकालीन योजनामा थप मेहनत गर्नुपर्ने समय छ । अड्किएका कानुनी काम तथा बाँकी रकम उठाउने प्रयास सफल हुन सक्छ । ज्ञान र अनुभूतिमा समेत वृद्धि हुनेछ ।

सिंह- सानो प्रयासले रोकिएका काम सम्पन्न हुनेछन् । केही काम वरिष्ठहरूको सन्तुष्टिका लागि गर्नुपर्ने अवस्था आउन सक्छ । व्यक्तित्व विकासका लागि दिन अनुकूल छ । आफ्ना विचार तर्कसंगत रूपमा प्रस्तुत गर्न सके साझेदार वा नजिकका व्यक्तिबाट राम्रो सम्मान पाउनुहुनेछ। दाजुभाइ, आफन्त तथा ससुराली पक्षसँग सम्पर्क बढ्नेछ । कार्यक्षेत्रमा सहकार्य र रमाइलो गर्ने अवसर पनि मिल्नेछ ।

कन्या- आज प्रेमभन्दा परिवार र अभिभावकलाई प्राथमिकता दिनुपर्ने अवस्था आउन सक्छ । भावनामा नियन्त्रण राखेर संवाद गर्नु राम्रो हुनेछ । अध्ययन, अनुसन्धान तथा बौद्धिक क्षेत्रमा रुचि बढ्नेछ । शुभ समाचारले दिन उत्साहपूर्ण बन्नेछ । जग्गा जमिन, निर्माण सामाग्री, ढुवानीजस्ता व्यवसायमा लाभ मिल्ने संकेत छ । धार्मिक तथा सांस्कृतिक कार्यक्रममा सहभागी हुने अवसर पनि प्राप्त हुनेछ ।

तुला- प्राय: सबै काममा सफलता मिल्नेछ । तर मन अशान्त र चिडचिडे बन्न सक्छ । अनुशासन र संयम आजको सफलताको मुख्य आधार हुनेछ । शरीरमा थकान वा सामान्य अस्वस्थता देखिए पनि कामको व्यस्तताले आराम गर्ने अवसर कम मिल्नेछ । गोप्य विषय वा पुराना समस्या सतहमा आउन सक्ने भएकाले सतर्कता अपनाउनु आवश्यक छ ।

वृश्चिक- जीवन साथी वा प्रियजनसँग लामो संवाद हुनेछ । आयआर्जनका अवसर पनि बढ्नेछन् । व्यस्तता धेरै भएपनि परिवारका लागि केही समय छुट्याउनु उचित हुनेछ । सौन्दर्य, गहना तथा सिर्जनात्मक क्षेत्रमा आकर्षण बढ्नेछ । संगीत, नृत्य, अभिनय, कला र साहित्यप्रति रुचि जाग्ने सम्भावना छ ।

धनु- खेलकुद, स्वास्थ्य, सरसफाइ तथा उपहार सामग्रीसँग सम्बन्धित व्यवसायमा लाभ मिल्नेछ । साथी वा साझेदारका गतिविधिले असन्तुष्टि पैदा गर्न सक्छ । घमण्ड र जिद्दी त्याग्न सके बहस तथा प्रतिस्पर्धामा सफलता मिल्नेछ । अनावश्यक विवादबाट टाढा रहनु राम्रो हुन्छ । परीक्षा वा प्रतिस्पर्धा नजिकिएको छ भने मनोरञ्जनभन्दा अध्ययनमा ध्यान दिनु लाभदायक हुनेछ ।

मकर- आज भाग्यको राम्रो साथ रहनेछ । शुभ अंक ५ र शुभ रङ कलेजी ९गाढा रातो० रहेको छ । बौद्धिक तथा दार्शनिक विषयमा सक्रियता बढ्नेछ । आफ्नै प्रयास वा सन्तानमार्फत लाभदायक काम बन्ने सम्भावना छ । बुद्धिको सही प्रयोग गर्न सके प्रतिष्ठा जोगाउन सफल हुनुहुनेछ । प्रतिस्पर्धी कमजोर रहने भएकाले अवसरको सदुपयोग गर्न सकिनेछ । मनका कुरा खुलस्त राख्ने दिन भएपनि सम्बन्धमा असन्तुष्टि बढ्न नदिन संयम आवश्यक छ ।

कुम्भ- भावनामा नियन्त्रण गर्न नसक्दा निराशा र खिन्नता बढ्न सक्छ । आफ्ना लागि केही समय निकालेर समस्याको समाधान खोज्ने प्रयास गर्नु लाभदायक हुनेछ । मन अशान्त भए पनि अधुरा काम पूरा गर्न ध्यान केन्द्रित गर्दा फाइदा मिल्नेछ । विश्वास गरेका व्यक्तिबाट नै गोपनीयता भंग हुने सम्भावना भएकाले व्यक्तिगत विषयमा धेरै खुलस्त नहुनु राम्रो हुन्छ।

मीन- परिश्रमअनुसार राम्रो प्रतिफल प्राप्त हुनेछ । रसायन, पेट्रोलियम, रङ तथा पेन्टिङसँग सम्बन्धित व्यवसायमा विशेष लाभ मिल्ने सम्भावना छ । परिवारका सदस्यको पेशागत वा व्यवसायिक उन्नतिको समाचार सुन्न पाइनेछ । पारिवारिक जमघट वा भोजमा सहभागी बन्ने अवसर मिल्नेछ । कठिन विषयमा सहपाठी वा अनुभवी व्यक्तिको सहयोग लिनु लाभदायक हुनेछ । लक्ष्य स्पष्ट भए कडा मेहनत नै सफलताको आधार बन्नेछ ।