सुधन गुरुङले भने-स्टन्टबाजी होइन, देशको सेवा गर्न आएको हो

काठमाडौं। गृहमन्त्री सुधन गुरुङले आफू स्टन्टबाजी गर्न सरकारमा नआएको बताएका छन्। गणेश नेपाली मृत्य प्रकरणबारे जानकारी दिन शुक्रवार संसदमा रोष्ट्रममा समय लिएर पुगेका उनले ठाउँमा पुगेर जनताको सेवा गर्न नसक्ने तर सदन जनताको सेवा गर्छु भनेर चिच्याएर मात्रै नहुने बताएका हुन्।

‘मैले धेरै माननीयज्यूहरु देखेँ–उठेर सदनमा घाँटी सुक्नेगरी चिच्याइरहनुभएको थियो । यो देखेँ मैले। यो भन्दैगर्दा हामी गृह मन्त्रालयका बसेर के गर्ने होला, कसो गर्ने होला, कसरी उहाँहरुलाई सान्त्वना दिने होला रु के के गर्ने, कसरी मिलाउने होला रु भनेर एउटा टिम बनाएर छलफल गरिरहेका थियौँ।

गुरुङले गणे नेपालीको आत्मदाहपछि कति जना अस्पताल पुग्नुभयो भनी विपक्षी दलका सांसदहरूलाई प्रश्न गरे। आफूहरुले ठाउँमा गएर जनताको सेवा गर्दा त्यसलाई विपक्ष दलका सांसदहरुले स्टन्टबाजी भनेकोमा आपत्ति जनाउँदै आफूलाई कुनै पनि कुरामा स्टन्टबाजी गर्ने इच्छा नभएको बताए। आफूहरू देशको सेवा गर्न आएको र देशलाई दुर्घटनामा जान नदिन सावधानीपूर्वक काम गरिरहेको गृहमन्त्री गुरुङको भनाइ छ।

‘म यो सम्मानित सदनलाई सोध्न चाहन्छु–कति जना हुनुहुन्थ्यो हिजो त्यो हस्पिटलमारु जति जनताले घाँटी चिच्याएर कराउनुभएको छ आज। घाँटी चिच्याएर कराएर मात्रै हुँदैन यहाँ सदनमा मात्रै।

जनताको सेवा गर्छु भनेर मुखले बोलेर हुँदैन’, उनले भने,त्यो मुखले बोलेको पचासौँ वर्ष भइसक्यो। हामीले हातले गर्नु पर्छ। ठाउँमा गएर गर्नुपर्छ। आफनो जनताको सेवा ठाउँमा गएर गर्न सक्नुपर्छ। उहाँहरुको पीडा बुझेर गर्नुपर्दछ। त्यसलाई तपाईहरु स्टन्टबाजी भन्नु हुन्छ । मलाई यहाँ इच्छा छैन कसैका लागि स्टन्टबाजी गर्नलाई। आफ्नो देशको सेवा गर्न आएको हो।