रोजगारी सुनिश्चित नहुने तालिम सञ्चालन नगर्न श्रममन्त्रीको निर्देशन

काठमाडौं। श्रम, रोजगार तथा युवा मन्त्री रामजी यादवले रोजगारीको सुनिश्चितता नहुने तालिम सञ्चालन नगर्न निर्देशन दिएका छन्।

उद्योगी–व्यवसायीसँगको छलफलमा मन्त्री यादवले श्रम मन्त्रालयबाट सञ्चालन हुने तालिम अनिवार्य रूपमा रोजगारीसँग जोडिनुपर्ने बताए। उनले साउनभित्र रोजगारदाता, प्रशिक्षार्थी र सरकारको सहमतिमा नयाँ कार्यविधि (एसओपी) तयार गरी कार्यान्वयनमा ल्याइने जानकारी दिए।

मन्त्री यादवले देशभर तालिममा वार्षिक १३ अर्ब रुपैयाँभन्दा बढी खर्च भए पनि अपेक्षित परिणाम नदेखिएको उल्लेख गर्दै प्रभावहीन तालिम रोक्न स्थानीय तहलाई निर्देशन दिने बताए।

साथै, दक्ष जनशक्ति र रोजगारीको माग मिलाउन साउन १० भित्र ‘जब म्याचिङ सफ्टवेयर’ सञ्चालनमा ल्याइने र पुरानो रोजगार नीति तथा ऐनलाई समयानुकूल संशोधन गरिने जानकारी दिए।