चरित्रहत्या गर्ने रास्वपा कार्यकर्तालाई ज्ञानेन्द्रको प्रश्न-के तिमीहरूका घरमा छोरी, बहिनी,चेलीबेटी छैनन् ?
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले बुधबार संसदमा सम्बोधन गर्ने क्रममा गृहमन्त्री सुधन गुरुङले गणेश नेपालीको आत्मदाहको बारेमा स्टन्ट गरेको भनाइ राखेपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ताहरुले सामाजिक संजालमा उनको चरित्रहत्या गरेका छन् ।
शाहीले दोस्रो बिवाह गरेको भन्दै शाहीका बिरुद्ध सामाजिक संजालमा लेखेपछि उनी आक्रोशित भएका छन् । दुबईमा इमानदारीपूर्वक काम गरिरहेकी एउटी चेलीको तस्बिरलाई ‘यो मेरो श्रीमती हो’ भन्दै सामाजिक सञ्जालभरि झूटो प्रचार गर्ने रास्वपा कार्यकर्ताहरूलाई शाहीले प्रश्न गरेका छन्–‘के तिमीहरूका घरमा छोरी, बहिनी, चेलीबेटी छैनन्?
शाहीले रास्वपाका कार्यकर्ताहरुलाई घन्टेका साथी हो भन्दै लेखेका छन्–सबै मानिस तिम्रो पार्टीका नेताजस्तो बारम्बार बिहे गर्ने खालका हुँदैनन् । आफ्नो जस्तो नठान ।
उनले सामाजिक संजालमा लेखेका छन्–कसैको चरित्रमाथि झूटो आरोप लगाएर, उसको सम्मान र भविष्यसँग खेलवाड गर्नु कुनै मनोरञ्जन होइन, गम्भीर गैरजिम्मेवारी हो । सबै मानिस आफ्नो इज्जत र नैतिकताको मूल्य बुझ्छन् आदरणीय घण्टेका साथी हो, सबै मानिस तिम्रो पार्टीका नेताजस्तो बारम्बार बिहे गर्ने खालका हुँदैनन् ।
आफ्नो जस्तो नठान ।
मलाई जे भन्यौ, त्यो एउटा कुरा भयो । तर त्यो निर्दोष चेलीको जीवन, परिवार र मानसिक अवस्थामाथि कस्तो असर पर्यो होला भनेर एकछिन पनि सोच्यौ?
यदि साँच्चै हिम्मत र दम छ भने, मैले संसदमा उठाएका प्रश्नहरूको तथ्यसहित तिम्रो टीओबी ग्याङका प्रमुखलाई भन— मैले उठाएका प्रश्नहरूको तथ्य र प्रमाणसहित जवाफ दिन व्यक्तिगत आरोप, अफवाह र चरित्रहत्या गरेर सत्यलाई ढाक्न खोज्ने प्रयास बन्द गर।
छी ! यस्ता हर्कत र आधारहीन आरोपहरू देख्दा कतिपयलाई आफू घण्टी पार्टीको समर्थक वा सदस्य हुँ भनेर भन्नसमेत लाज लाग्ने अवस्था सिर्जना भएको छ। यस्ता हर्कत सुन्दा पनि घिन लाग्छ।
