सुनचाँदीको मूल्यमा भारी वृद्धि, तोलामा कति ?

काठमाडौं। स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ। हिजो मंगलबारको तुलनामा सुन तोलामा पाँच हजार ४०० रुपैयाँ र चाँदी ११० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य दुई लाख ९१ हजार रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको भाउ चार हजार ४८० रुपैयाँ निर्धारण भएको छ।

हिजो प्रतितोला छापावाल सुनको मूल्य दुई लाख ८५ हजार ६०० रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको भाउ चार हजार ३७० रुपैयाँ निर्धारण भएको थियो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १३९ र चाँदी ५९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।