आज साउन ०६ गते बुधबार,यस्तो छ तपाईको राशिफल

मेष- आज व्यापार व्यवसायमा सकारात्मक प्रगति हुने संकेत छ । जग्गा तथा सम्पत्तिसम्बन्धी कारोबारबाट लाभ मिल्न सक्छ । सामाजिक प्रतिष्ठा बढ्नेछ भने जागिर वा पेशागत क्षेत्रमा प्रशंसा प्राप्त हुने सम्भावना रहेको छ ।

वृष- आज नयाँ लगानी गर्दा सावधानी अपनाउनु राम्रो हुनेछ । खर्च बढ्न सक्ने भएकाले आर्थिक व्यवस्थापनमा ध्यान दिनु आवश्यक छ । कामको चापका कारण थकान महसुस हुन सक्छ भने यात्रा अपेक्षाअनुसार फलदायी नहुन सक्छ ।

मिथुन- आज उत्साहमा केही कमी आउन सक्छ । अरूका लागि गरेको मेहनतबाट अपेक्षाअनुसार प्रतिफल नपाइने सम्भावना छ । बोलिचालिमा संयमता अपनाए सम्बन्ध सुमधुर रहनेछन् । अनावश्यक विवादबाट टाढा रहनु बुद्धिमानी हुनेछ ।

कर्कट- विगतमा गरेको मेहनतको सकारात्मक परिणाम प्राप्त हुने दिन छ । थोरै प्रयासले पनि उल्लेखनीय उपलब्धि हासिल गर्न सकिने सम्भावना छ । तपाईंको कामबाट अरूले पनि लाभ लिन सक्नेछन् । पारिवारिक सहयोगले मनोबल बढाउनेछ ।

सिंह- आज मेहनतअनुसार सफलता प्राप्त हुने योग छ । लामो समयदेखि सोचिएका योजना कार्यान्वयन गर्ने उपयुक्त अवसर मिल्नेछ । धैर्य र आत्मविश्वासका साथ अघि बढे अपेक्षित परिणाम हात पार्न सकिनेछ । कार्य क्षेत्रमा जिम्मेवारी पनि बढ्न सक्छ ।

कन्या- दाम्पत्य जीवनमा आपसी समझदारी र खुसी बढ्ने संकेत छ । आम्दानीका नयाँ स्रोत खुल्न सक्छन् । धार्मिक तथा सामाजिक कार्यक्रममा सहभागी हुने अवसर मिल्न सक्छ । यात्रा पनि फलदायी रहने सम्भावना छ ।

तुला- धार्मिक तथा सामाजिक कार्यमा सक्रियता बढ्नेछ । कृषि कर्म, व्यापार वा बन्द व्यापारबाट लाभ मिल्न सक्ने संकेत छ । उत्साहमा केही कमी महसुस भएपनि धैर्यका साथ अघि बढ्दा काममा सफलता प्राप्त हुनेछ । आर्थिक पक्ष सामान्य रहनेछ ।

वृश्चिक- आर्थिक लाभ प्राप्त हुने सम्भावना बलियो छ । रोकिएको रकम फिर्ता आउन सक्छ भने नयाँ आम्दानीको अवसर पनि प्राप्त हुन सक्छ । अध्ययन तथा प्रतिस्पर्धात्मक क्षेत्रमा सफलता मिल्नेछ । नयाँ काम सुरु गर्न पनि दिन अनुकूल देखिन्छ ।

धनु- आज विवाद वा प्रतिस्पर्धात्मक क्षेत्रमा सफलता मिल्न सक्छ । कार्यस्थलमा केही असहमति वा मतभेद देखिए पनि संयम अपनाउँदा समाधान हुनेछ । छोटो दूरीको यात्रा हुन सक्छ । स्वास्थ्य सामान्यतया राम्रो रहनेछ।

मकर- स्वास्थ्य प्रति विशेष ध्यान दिनुपर्ने दिन छ । पारिवारिक जिम्मेवारी बढ्न सक्ने भएकाले समय व्यवस्थापन आवश्यक हुनेछ । साथीभाइसँगको भेटघाटले मन प्रसन्न बनाउनेछ । खर्चमा नियन्त्रण राखे आर्थिक अवस्था सन्तुलित रहनेछ।

कुम्भ- मानसिक तनाव वा चिन्ताले काममा असर पार्न सक्छ । योजना बनाएर अघि नबढे आर्थिक वा व्यावसायिक क्षति हुन सक्ने सम्भावना छ। अनावश्यक खर्च नियन्त्रण गर्नु बुद्धिमानी हुनेछ । परिवारसँग समय बिताउँदा मन हल्का हुनेछ।

मीन– स्वास्थ्य राम्रो रहनेछ र आत्मविश्वास बढ्नेछ । अध्ययन, प्रतियोगिता तथा व्यवसायमा सफलता प्राप्त हुने योग छ। परिवारको साथ र सहयोगले महत्त्वपूर्ण काम सम्पन्न हुनेछ । धार्मिक यात्रा वा शुभकार्यमा सहभागी हुने अवसर पनि मिल्न सक्छ।