काँग्रेसले आजदेखि नयाँ अभियानको सुरुवात गर्दै

काठमाडौं । नेपाली काँग्रेसले आज राष्ट्रिय सभा गृहमा विशेष कार्यक्रम आयोजना गरेर नयाँ अभियानको सुरुवात गर्दै छ ।

काँग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले ४४औँ विपी स्मृति दिवसको अवसरमा आज दिउसो २ बजे राष्ट्रिय सभा गृहमा ‘नविन परिस्थिति, नविन संकल्, नविन अभियान’ को घोषणा गर्दै छ ।

काँग्रेसले पार्टीको १५औँ महाधिवेशन अघि विशेष अभियान चलाउन लागेको बताएको छ ।