बालेन सरकारविरूद्ध डा.गोविन्द केसीको अनसन सुरू
काठमाडौं। चिकित्सा शिक्षा सुधारका अभियन्ता प्राडा गोविन्द केसीले फेरी अनशन सुरू गरेका छन। धनगढीमा रहेको एलएनचोकस्थित कृष्ण मन्दिरको धर्मशालाबाट भर्खरै मात्र २४ औँ अनशन सुरू गरेको त्यहाँ रहेका डा। केसीका सहयोगी डा. अमृत जैसीले जानकारी दिए।
चिकित्सा शिक्षाको सुधारको लागि पटक पटक अनशन बसेका डा.केसीको यो २४ औँ अनशन हो। यसअघिनै सरकारलाई माग पूरा गर्न दिएको साउन ५ गतेसम्मको समयसीमालाई पूर्ण रूपमा बेवास्ता गरेपछि पुन अनशन सुरू गर्नु परेको डा। केसीले बताए।
केसीले सरकारलाई जनताले निजी माफियाहरूलाई पोस्न र जेहेन्दार विद्यार्थीको छात्रवृत्ति खोस्न नपठाएको भन्दै स्थापित नियम र मूल्य मान्यता विपरीत स्वार्थको द्वन्द्व हुनेगरी दशरथचन्द मेडिकल विश्वविद्यालयसहितका चिकित्सा आयोगमा गरिएका नियुक्ति बन्द गर्न माग गरे।
चिकित्सा शिक्षा आयोगमार्फत छात्रवृत्ति कटौती गर्ने र मापदण्ड तथा पूर्वाधारबिना निजी कलेजहरूमा सिट वृद्धि गर्ने प्रस्ताव र निर्णय खारेज गर्न माग गरिएको छ।
गेटामा विश्वविद्यालय सञ्चालनमा आउनु स्वागतयोग्य भए पछि लाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको साटो विश्वविद्यालय मोडलमा आउनुमा समेत षड्यन्त्र रहेको उनको आरोप छ।
