देशलाई निरङ्कुशता तर्फ लैजाने प्रयास भइरहेको छ: प्रचण्ड

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले देशलाई निरङ्कुशता तर्फ लैजाने प्रयास भइरहेको बताएका छन्।

पुष्पलालको ४८औं स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले अहिले उपलब्ध प्राप्ति र सकारात्मक विषयमाथि प्रहार भइरहेको बताउदै देशलाई अराजकता र निरङ्कुशतातर्फ लैजाने प्रयास गरिएको बताएका हुन्।

प्रचण्डले फेरी एक पटक प्रतिगमनविरुद्ध सबै एक भएर आन्दोलित हुनुपर्ने अवस्था आएको भन्दै विगतमा युवाहरुलाई प्रशिक्षित गर्न नसकेको बताए।

उनले अहिले राष्ट्रिय स्वाधीनता संकटमा परेको र प्राप्त उपलब्धिहरु संकटमा परेको अवस्थामा सबै मिल्नसक्ने जति मिलेर अगाडी बढ्नुपर्ने बताए। प्रचण्डले आफुहरुले बामपन्थीहरुलाई एक ठाउमा ल्याउने प्रयास गरिरहेको र सबैले यस कार्यमा हातेमालो गर्न आग्रह गरे।