सुन र चाँदीको मूल्य बढ्यो,तोलामा कति पुग्यो ?

काठमाडौं। स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ। कारोबारको अघिल्लो दिनको तुलनामा सुन तोलामा रु ३०० र चाँदी रु २५ ले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ९१ हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको भाउ रु चार हजार ५०५ निर्धारण भएको छ। 

हिजो एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ९१ हजार र त्यति नै परिमाणको सेतो धातुको भाउ रु चार हजार ४८० निर्धारण भएको थियो।

गत मङ्गलबार प्रतितोला छापावाल सुनको मूल्य रु दुई लाख ८५ हजार ६०० र त्यति नै परिमाणको चाँदी रु चार हजार ३७० मा कारोबार भएको थियो।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १३३ र चाँदी ५९अमेरिकी डलरमा कारोबार भइरहेको छ।